अनेरास्ववियु क्रान्तिकारीको पहलमा बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई सेनेटरी प्याड उपलब्ध गराइने

शिक्षा स्थानीय तह

नेपालगन्ज : छात्रा विद्यार्थीहरुका लागि लामो समय देखि माग भइरहेको सेनेटरि प्याड अन्तत बागेश्वरी बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाइ नियमित र निशुल्क उपलब्ध गराउने भएको छ ।

उक्त क्याम्पसमा अध्ययनरत छात्राहरुको गुनासो आए पछि अखिल (क्रान्तिकारी )बिगत लामो समय देखि छात्राहरुले निशुल्क प्याड उपलब्ध हुन पर्ने माग राख्दै आइरहेको थियो ।

यहि मागलाई सम्बोधन गर्दै क्याम्पस प्रशासनले बुधबार देखि क्याम्पसमा आवश्यकता अनुसार छात्राहरुलाइ निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने क्याम्पस प्रमुख धान बहादुर हमालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *