माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को अध्यक्षमा भण्डारी र सचिवमा बम

नेपालगंज बिशेष स्थानीय तह

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा लालसिंह भण्डारी र सचिवमा मर्मजंग बम  निर्वाचित हुनु भएका छन् ।

शनिबार  भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा नेपालगन्ज उपमाहानगर पालिका वडा न.१ को  दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा  लाल सिंह भण्डारी, उपाध्यक्षमा सुनिल बानिया, सचीवमा मर्मजन बम, सह-सचिवमा लक्ष्मण भुसाल,कोषाध्यक्ष शान्ति रोका लागाएत ३१ सदस्य कमिटी सर्बसहमत निर्वाचित हुनु भएका छन् ।

उक्त दोस्रो अधिबेशनमा नेकपा माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष आइ पि खरेल, वाइसीएल नेपालकी केन्द्रीय सदस्य मनिसा चुदारा,  नेतृ मन्दिरा पाण्डे, नीरक पोखरेल, युवा नेता टंक धामी, आशामाया बजगाइ, बिनोद बराल लगायतको उपस्थित रहेको थियो । आजकै महिलाहरुको  भेलाबाट चन्द्रकला उप्रेतीको अध्यक्षमा ३५ सदस्यीय  अखिल नेपाल महिला संघ  माओवादी केन्द्रको पनि गठन गरिएको छ । शनिबार देशैभर एकसाथ वडा सम्मेलनहरु सम्पन भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *