कोहलपुर : नेपालगन्ज नर्सिङ क्याम्पस कोहलपुर बाकेमा अध्ययनरत बी एस्सी नर्सिङ चौथो बर्ष र पि सि एल नर्सिङ तेस्रो बर्षका बिद्यार्थीहरुद्वारा child health को पाठ्यक्रम अन्तर्गतको पोषण तथा खेलौना प्रदर्शनी भब्य रूपमा सम्पन्न भएको छ।
उक्त प्रदर्शनीमा बिद्यार्थीहरूले स्थानीय स्रोत साधनको अनुपम प्रयोग गरी अत्यन्त कलात्मक आकर्षक छुट्टाछुट्टै स्टलहरु राखिएको थियो। उक्त प्रदर्शनी अस्पतालका निर्देशक, उप निर्देशक, क्याम्पस प्रमुख, निमित्त मेट्रोन, वार्ड ईन्चार्ज लगायत उच्च पदस्थ कर्मचारीले अवलोकन गर्नुभएको थियो।

कार्यक्रमको संचालन एवम उद्देश्यका बारेमा नर्सिङ तेस्रो बर्षमा अध्ययनरत छात्र भीमराज घर्तीले गरेका थिए भने कार्यक्रमको उद्घाटन बालरोग वार्ड्की ईन्चार्ज रन्जीता थापाले पानसमा दीप प्रज्ज्वलन तथा आधुनिक नर्सिङको प्रणेता फ्लोरेन्स नाइटिङ्गेल तस्बिरमा माल्यार्पण गरी गर्नु भएको थियो भने कार्यक्रममा सम्बन्धित बिषय शिक्षक प्रभा खरेलले आवश्यक निर्देशन गर्नु भएको थियो भने नर्सिङ क्याम्पसमा कार्यरत अन्य सबै नर्सिङ प्रशिक्षकहरुको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम (प्रदर्शनी ) एकदमै कलात्मक प्रभावकारी रहेको कुरा अवलोकन पश्चात अधिकाश अवलोकनकर्ताले बताउनु भएको थियो।स्मरण रहोस यस प्रदर्शनी कार्यक्रम संचालक यस अस्पतालमा वरिष्ठतम् पारामेडिकल कर्मचारी भएता पनि उहाँ अहिले नर्सिङ क्षेत्रमा पनि केही राम्रो काम गर्नु पर्छ भनी नर्सिङ कोर्ष अध्ययन गरि रहेका छ्न।उनको यो लगाव सक्रियता साच्चै रूपमा भन्ने हो भने लोभलाग्दो रहेको कुरा अवलोकन पश्चात अवलोकनकर्ता मध्येका एक जना सहभागी ज्ञानु शाहले बताउनु भयो।

