नेपालगन्ज : संयुक्त विद्यार्थी संघ/संगठनहरुद्वारा संसद पुनःस्थापन हुनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग राख्दै आज नेपालगन्जमा राके जुलुस निकाली कोणसभा गरेका छन् ।
सुर्खेत रोड स्थिति नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकैबाट सुरु गरिएको जुलुस बि-पी- चोकमा पुगेर कोणसभामा परिणत गरेका थिए । उक्त कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तुल्सीमणि केसी , नेपाल विद्यार्थी संघका बाँके जिल्ला सतिव चक्र रावत र अनेरास्ववियु बाँकेका सचिव इन्द्र बस्नेतले कोण सभालाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै तिनवटै संघ/संगठनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक निर्णय सम्मानित अदालतले फिर्ता गर्नेमा ढुक्क भएको, राष्ट्रपति प्रधानमन्त्रीको इशारामा काम गर्ने गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीलाई सडकबाटै फाल्ने उनीहरुले बताएका छन् ।


