नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गरिने – अर्थ मन्त्री शर्मा



बाँके- अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गर्नु भएको छ साथै अर्थ मन्त्री जनार्दन शर्माले नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गर्न सहयोग गर्ने बताउनुभयो । 
नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागे पछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै केही राहातको पहल गरी दिन आग्रह गर्नु भएको थियो ।
अर्थ मन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै उहाँले नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गर्नु भयो ।
मन्त्री शर्माले भारतीय सिमा संग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याउने जिकिर गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *