अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षको शाहीको रिहाइको माग गर्दै नाराजुलुस

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : अखिल क्रान्तिकारी विप्लव समूहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष डि-बी- शाहीको रिहाइको माग गर्दै क्रान्तिकारीका विद्यार्थी नेता तथा विद्यार्थीहरुले  स्थानीय बि-पी- चोकमा नाराजुलुस सहित कोणसभा गरेका छन् ।

तीन दिन अगाडि अध्यक्ष शाहीलाई प्रहरीले पक्राउ गरेर प्रहरीशीत  अभद्र व्यवहार गरेको भनेर झुटा मुद्दा लगाएको विरोधमा तत्काल रिहाइ गर्न संगठनले माग गरेका छन् । कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष डिल्ली क्षेत्रीले बिनाशर्त  तत्काल शाहीलाई रिहाइ गरिनुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने बताए ।

उक्ति कोणसभालाई जिल्ला इन्चार्ज प्रेम शाही, जन पत्रकार संगठनका किशोर शाही लगायतले बोलेका थिए । कोणसभा पश्चात् चर्को नाराबाजी गरेर कार्यक्रम समापन गरिएको थियो । स्मरण रहोस् शाही कुशेन्युज अनलाइनका पत्रकार समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *