नेपालगन्ज : निर्वाचन कार्यालयमा माघ ६ गते उम्मेदवार दर्ता गरे संगै राजनीति दलका नेताहरु चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । मतदाता रिझाउन उम्मेदवारहरुले कतै कतै भने झुटो आश्वासन दिइरहेको पनि पाइएको छ तर बाँके क्षेत्र नं २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्टलाई भने युवा देखि वृद्ध सम्मका मतदाताले भोट दिने बताएका छन् ।
स्थानीय मतदाताले भन्छन् हामीले गत भदौ २३ र २४ गते भुलेका छैनौं यसो उहाँलाई हेर्दा भर्खरको उमेर जस्तै लाग्छ ती सहिद भएका बालबालिकाको सपना पूरा गर्न सक्ने उहाँलाई देखेका छौँ त्यहीँ भएर यसपालिको भोट कुनै पार्टी नहेरी ३६ वर्षीय युवा विष्टलाई दिने निर्णय गरेका छौँ स्थानीयले नागरिक पथ सम्बादातालाई बताए ।

जेनजी आन्दोलनमा विष्ट नेपालगन्जको सडकमा देखिएका थिए अहिले उठेका अन्य राजनीति दलका नेताहरू कोही सडकमा थिएनन विष्ट परिवर्तनको पक्षमा छन् त्यसैले उनलाई भोट दिने निधो गरेका छौं स्थानीय झक्कु खटिकले बताए । त्यसैगरी अर्का सियाराम कोरीले पनि यसपालिको भोट युवा उम्मेदवार दिपेन्द्र विष्टलाई दिने बताए ।
