होलस्टिक होम केयर र मानवता नेपालले एमालेद्वारा सञ्चालन गरेको भान्सा घरमा खाद्यान्न सहयोग

अर्थ / बाणिज्य नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा  नेकपा एमालेद्वारा सञ्चालनमा गरेको सहुलियत दरमा अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको भान्सा घरमा  बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा खाद्यान्न सहयोग गरेका छन्  ।

अहिलेको  समयमा उक्त  अस्पतालमा ३० रुपैयाँमा खाना खुवाएर  उत्कृष्ट सामाजिक कार्य गरिरहेको कार्यलाई निरन्तरता दिन खाद्यान्न   सहयोग गरिएको उक्त संस्थाका अध्यक्ष बसन्ती बिसी र अम्बिका काफ्लेले बताए ।

मेडिकल कलेजमा उपचार गर्न आएका बिरामी र उनका आफन्तलाई खाना खुवाउने कार्यको व्यवस्थापन गरिरहेको नेकपा एमाले पार्टीलाई यी दुवै संस्थाले होलस्टिक होम केयर कि परिकल्पनाकार, सचिव तथा मानवता नेपालकी कोषाध्यक्ष सुमन गिरीको जन्मदिनको अवसर पारेर ७ हजार बराबरको खाद्यान्न  सहयोग गरेको होलस्टिककी  सचिव सुमन गिरीले बताइन्   । त्यसैगरी सनराइज बैंक सुर्खेत शाखा म्यानेजर सुष्मा गिरीले रु ४००५/- नगद पठाएको रकम होलस्टिक कि सचिव सुमन गिरीले हस्तान्तरण गरेको बताइन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी एमाले सचिवालय सदस्य अब्दुल हुसेन खान, युवा संघका महासचिव दिपक जिएम, युवा संघ बाँकेका अध्यक्ष कुश्माखर बस्याल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकी लुम्बिनी प्रदेश उपाध्यक्ष रत्ना गिरी, नेकपा माओवादी केन्द्रकि नेता रेणुका खड्का, युवा संघका नेता सुनिल रसाइली, मानवता नेपालका अध्यक्ष अम्बिका काफ्ले, सचिव कमल शाही, कोषाध्यक्ष सुमन गिरी पत्रकार केपी घिमिरे, होलस्टिक होम केयरका अध्यक्ष बसन्ती बिसी, सचिव सुमन गिरी, सदस्य एङ्गिरा रेग्मी लगायतको उक्त अभियानका अन्य सहयोगी व्यक्तिहरुको उपस्थितिमा  सहयोग हस्तान्त्रण गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *