भृकुटी नगर टोल विकास समितिद्वारा भेरी अस्पतालमा सञ्चालित अन्जनी रसोईलाई रु १ लाख ११ हजार सहयोग

नेपालगंज बिशेष मुख्य खबर

नेपालगन्ज : भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कोरोना महामारीको दोस्रो लहरबाट संक्रमित भइ उपचार गराइरहेका बिरामी र तिनीहरुका कुरुवाहरुलाई विहान वेलुकाको खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई भृकुटी नगर टोल विकास समितिको तर्फवाट टोलवासीले रू १११०००/- एक लाख एघार हजार नगद सहयोग  उपलब्ध गराएको छ  ।

उक्त रकम भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मे- सु डा- प्रकाश थापाको विशेष उपस्थितिमा टोल विकास समितिका अध्यक्ष सरला विष्टले हस्तान्तरण गर्नुभएको थियो । मानव सेवा नै धर्म हो भन्दै लिनु भन्दा दिन पाउनु ठुलो कुरा रहेको भन्दै भृकुटीनगर टोल विकास  समिती कार्य समिती सचिव धन ब. पुन कोषाध्यक्ष कुलराज राज भण्डारी एवं सल्लाहकार  पवन कुमार बिष्ट , श्रीमान ज्ञान राज भट्ट ,निल ब. शाक्य, मीन ब. मल्ल ,कृष्ण लाल श्रेष्ठ, चन्द्र श्रेष्ठ ,जितेन्द्र जोशी , सन्तोस शाह , जीवन शर्माको उपस्थित रहेको थियो ।

यो सम्पुर्ण रकम सहयोग गर्नु हुने टोलबासीमा अध्यक्ष सरला बिष्ट र भेरी अस्पताल विकास समिति अध्यक्ष प्रमोद धिताल ज्युले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

साथै पत्रकार महासङ्गको एम्बुलेन्स खरिदका लागि, रेम्डिसिभिर इन्जेक्सनको लागि ध्वनि खबर कोरोना हेल्पिङ्ग फण्ड , एकल महिला समाजले बितरण गर्ने अण्डाका लागि जनही पाँच पाँच हजार दिने घोषणा समिति अध्यक्ष बिष्टले जानकारी दिनु भयो र यस्ता बिपदका बेला जहिले पनि हामी साथ दिन तयार रहेको उहाँले  बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *