जीवन लघु वित्तले आजबाट आइ पी ओ खुल्ला, सर्वसाधारणलाई कति ?

अर्थ / बाणिज्य

जीवन विकास लघुवित्तले आज शुक्रबार (असार ११ गते) बाट आइपीओ बिक्री खुला गरेको छ । यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसआधारमा जीवन विकासले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५% अर्थात ३० हजार  ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको जनाएको छ । 

बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन पाइन्छ । त्यस समयमा सबै बिक्री नभएमा असार २५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

रेटिङ 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जीवन विकास लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । साथै, यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । यो रेटिङ आगामी फागुन १६ गतेसम्म बाहल रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *