होलस्टिक होम केयर र मानवता नेपाल बाँकेद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग

अर्थ / बाणिज्य नेपालगंज बिशेष

नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन्  ।

अहिलेको  समयमा भेरी अस्पतालमा २० रुपैयाँमा खाना खुवाएर  उत्कृष्ट सामाजिक कार्य गरिरहेको संस्थाको कार्यलाई निरन्तरता दिन आर्थिक सहयोग गरिएको उक्त संस्थाका अध्यक्ष बसन्ती बिसी र अम्बिका काफ्लेले बताए ।

भेरी अस्पतालमा उपचार गर्न आएका बिरामी र उनका आफन्तलाई खाना खुवाउने कार्यको व्यवस्थापन गरिरहेको अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई यी दुवै संस्थाले होलस्टिक होम केयर कि परिकल्पनाकार, सचिव तथा मानवता नेपालकी कोषाध्यक्ष सुमन गिरीको जन्मदिनको अवसर पारेर   ७  हजार नगद   सहयोग गरेको सचिव सुमन गिरीले बताइन्   । त्यसैगरी सनराइज बैंक सुर्खेत शाखा म्यानेजर सुष्मा गिरीले रु ४०००/- नगद पठाएको रकम होलस्टिक कि सचिव सुमन गिरीले हस्तान्तरण गरेकी थिइन् ।

शनिबार नेपाली कांग्रेसका युवा नेता प्रशान्त बिष्ट, मानवता नेपालका अध्यक्ष अम्बिका काफ्ले, सचिव कमल शाही, कोषाध्यक्ष सुमन गिरी पत्रकार केपी घिमिरे, होलस्टिक होम केयरका अध्यक्ष बसन्ती बिसी, सचिव सुमन गिरी, सदस्य एङ्गिरा रेग्मी र अन्जनी माता रसोईको टीमको उपस्थितिमा  सहयोग हस्तान्त्रण गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *