प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा ग्याल्वो ल्होसारको शुभकामना

नेपालीहरुको राष्ट्रिय चाड ग्याल्वो ल्होसारको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई शुभकामना दिनु भएको छ ।नेपालीहरुको चाड भएता पनि खासगरी शेर्पा समुदायले मनाउने गरेको यो चाड विभित्र मिष्ठान भोजन र शेर्पा समुदायले विभिन्न सांस्कृतिक झल्काउने किसिमको कार्यक्रम सहित मनाउने गरिन्छ ।नेपाल बहुलजातीय, बहुभाषिक, बहुसांस्कृतिक भएको हुदा सबै हाम्रा देशका सम्मानित जात जाती र भाषा […]

Continue Reading

जलेर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारत लगियो

गुल्मी क्षेत्र नं १ का संघीय सांसद  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । जलेर घाइते भएर बर्न अस्पताल कीर्तिपुरमा उपचार गराइरहेका भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थलमा  र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो । चन्द्र भण्डारीको स्वास नलीमा जलनले असर र सुन्निन सक्ने […]

Continue Reading

गोंगबु घटनाको तत्काल छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा […]

Continue Reading

बरिस्ठ चिकित्सक डा- एम- किदुवाई मुख्यमन्त्री प्रज्वलदीप द्वितीय पदकबाट सम्मानित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अस्पताल निर्देशक डा- मोहिउद्दिन किदुवाई सम्मानित हुनु भएको छ ।लुम्बिनी प्रदेश स्थापनाका दिन दाङको लमही स्थित प्रदेश राजधानीमा भएको कार्यक्रममा मुख्यमन्त्री प्रज्वलदिप द्वितीय पदकबाट सम्मानित गरिएको हो । डा- किदुवाई लामो समयसम्म सरकारी सेवामा पनि काम गरि हाल नेपालगन्ज मेडिकल कलेजमा कार्यरत रहनु भएको छ । लगभग […]

Continue Reading

मुस्लिम ईत्तेहाद संगठन नेपालले बुझायो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० बुदे ज्ञापनपत्र

मुस्लिम ईत्तेहाद संगठन नेपालको तर्फबाट सम्मानित  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १० बुदे ज्ञापन पत्र बुझाएको छ । संगठनका केन्द्रीय अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाले हस्ताक्षर गरेको १० बुदे ज्ञापनपत्र आज प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो । उक्त ज्ञापनपत्रमा नेपालमा हज समितिलाई सम्पन्न गराउन ऐन पारित गरिनुपर्ने, गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, […]

Continue Reading

सर्बोकृष्ट संवाददाताको रुपमा बाँकेका बरिस्ठ पत्रकार सुवेदी सम्मानित

काठमाण्डौ- नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सब कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदी   सर्वोकृष्ट संवाददाताको रूपमा सम्मानित हुनु भएको छ । सुवेदी नेपाल टेलिभिजनका बाँके संवाददाता रुपमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता सक्रिय रहनु हुने सुवेदी नेपाल पत्रकार महासंघ बाँकेको पुर्व अध्यक्ष समेत भइसक्नु भएको छ ।

Continue Reading

सात वटै  प्रदेशले पाए मुख्य मन्त्री हेर्नुहोस् नामावली सहित

प्रतिनिधि सभा र प्रदेश सभा सकिएको एक महिना २३ दिन पछि सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।सातवटा प्रदेशका मुख्यमन्त्रीहरु यी हुन् ।प्रदेश १- हिक्मत कार्की (एमाले)मधेश प्रदेश- सरोजकुमार यादव (जसपा)वाग्मती- शालिकराम जम्मर कट्टेल (माओवादी केन्द्र)गण्डकी- खगराज अधिकारी (एमाले)लुम्बिनी- लिला गिरी (एमाले)कर्णाली- राजकुमार शर्मा (माओवादी केन्द्र)सुदुरपश्चिम- राजेन्द्रसिंह रावल (एमाले)

Continue Reading

घट्यो पेट्रोलियम पदार्थको मूल्य हेर्नुहोस् नयाँ दररेट

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निगमलाई भारतबाट खरिद गर्दा आएको मुल्य अनुसार घटाउन निर्देशन दिनु भएको थियोे । ग्यासमा भने मुल्य यथावत रहेको छ ।

Continue Reading

रास्कोटमा रोजगारी, बौद्धिक चेतका कुण्ठित कार्यकर्ता द्वारा बन्देज !

पूर्णसिंह बम-कालिकोट रास्कोट नगरपालिकामा नगर प्रहरी करार सेवाका लागी मंसिर १८ गते प्रकाशित बिज्ञापनमा १५ जना रोजगार भनिएको खबरले उत्साह छाएसंगै एकजना बौद्धिक चेत भनिएका राजनीति कुण्ठा बोक्ने चण्डाल-ले उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता गरेको भन्ने सुनियो !म बौद्धिक छु भन्ने चेतना त भयो तर समाजलाई स्पष्ट पार्नुपर्छ भन्ने चेतना कसरी भएन ? नगरसंग छलफल […]

Continue Reading

योगदानमा आधारित सामाजिक सुरक्षा कोषक‍ो सम्पर्क कार्यालय नेपालगन्जमा  उद्घाटन

नेपालगन्ज : पाचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आज उद्घाटन गरिएको छ ।नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयको भवनमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज उद्घाटन गर्नु भएको थियोे । श्रम तथा र‍ोजगार कार्यालयको सभाहलमा भएको कार्यक्रममा […]

Continue Reading