गुल्मी क्षेत्र नं १ का संघीय सांसद नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
जलेर घाइते भएर बर्न अस्पताल कीर्तिपुरमा उपचार गराइरहेका भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो ।

चन्द्र भण्डारीको स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै मुम्बइ लगिएको छ ।
अस्पतालका चिकित्सकका अनुसार भण्डारीको अवस्था जटिल रहेको छ । श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदै थएको छ । एयर एम्बुलेन्सको रुपमा लगिएको सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ । नर्भिकबाट ६ जना चिकित्सकको टोली पनि मुम्बई गएको छ ।
