मुस्लिम ईत्तेहाद संगठन नेपालले बुझायो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० बुदे ज्ञापनपत्र

धार्मिक/समाज मुख्य खबर

मुस्लिम ईत्तेहाद संगठन नेपालको तर्फबाट सम्मानित  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १० बुदे ज्ञापन पत्र बुझाएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाले हस्ताक्षर गरेको १० बुदे ज्ञापनपत्र आज प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।

उक्त ज्ञापनपत्रमा नेपालमा हज समितिलाई सम्पन्न गराउन ऐन पारित गरिनुपर्ने, गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था गरिनुपर्ने, मुस्लिम धर्मावलम्बीको धार्मिक धरोहर मस्जिद, मदरसा, ईदगाह लगायतमा बजेट व्यवस्था गरिनुपर्ने, मुस्लिम धर्मावलम्बीको चाडपर्वमा सार्वजनिक विदा दिनुपर्ने लगायतका मागहरू रहेको संगठनका केन्द्रीय महासचिव अब्दुल हुसेन खानले बताउनुभयो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना सहितको प्रमाणपत्र समेत दिएको महासचिव खानले बताउनुभयो ।
हेर्नुहोस् ज्ञापनपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *