बिहीबार बिहानैदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपाल आयल निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । जसअनुसार  निगमले पेट्रोलको हकमा प्रतिलिटर ७ रुपैयाँ घटाएको छ भने मट्टीतेल र डिजेल प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट […]

Continue Reading

४ सय ४० किलोग्राम गाँजा र नगद सहित तीन जना पक्राउ

सुनसरीको देवानगन्ज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम र नगद  १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगन्ज […]

Continue Reading

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जसअनुसार  निगमले मट्टीतेल, डिजेल र पेट्रोलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्यास सिलेण्डरको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।हेर्नुहोस् प्रेस विज्ञप्ति

Continue Reading

नेपालगन्जमा ई रिक्साको भन्दा पठाओ को भाडा तीन गुणा बढी

नेपालगन्ज : काठमाण्डौंमा सफलता प्राप्त गरेपछि पठाओ सेवा नेपालगन्ज लगायत देशका अन्य सहरमा पनि विस्तार गर्न बाइक, स्कुटर र गाडीलाई दरखास्त आव्हान गरेको छ । उसले आफ्नो वेबसाइटमा प्रारम्भिक चरणमा राखेको शुल्क हेर्दा नेपालगन्जमा सञ्चालनमा रहेका ई रिक्साको भन्दा तेब्बर बढी देखाएको छ । नेपालगन्ज सहरको स्थानीय बि.पी. चोक देखि रुपैडिया सम्म रु ३० देखि […]

Continue Reading

रमदानको अवसरमा स्कुल पढ्ने ६ किशोरीलाई साईकल वितरण

बाँके- विद्यालयको पहुँच बढाउन राप्ती सोनारी र नरैनापुरमा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानले ६ किशोरीलाई साईकल उपलब्ध गराउनु भएको छ । सामूहिक रुपमा इफतार गरे पछि कार्यकारी निर्देशक खानको सहयोगमा युथ टुडेका सम्पादक आलम खानले बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई साईकल उपलब्ध गराउनु भएको हो । मुस्लिमहरुको पवित्र महिना रमदानको अवसर पारेर विद्यालय […]

Continue Reading

लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा मानव सेवा आश्रममा सन्ध्याकालिन भोजन

नेपालगन्ज : सामाजिक सेवामा सदैव अग्रसर रहेको लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा नेपालगन्जमा रहेको निल सागर सेवा आश्रममा सन्ध्या कालिन भोजन खुवाएको छ । क्लवका सदस्यहरुको जन्मदिन र घरपरिवारका सदस्यहरुको जन्मदिनको अवसरमा थोरै थोरै रकम जम्मा गरेर उक्त आश्रममा रहनु भएका बुबा आमा , बालबालिकाहरुलाई केही थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले खाना खुवाइएको हो  […]

Continue Reading

जि.भि.एन.का विद्यार्थीद्वारा खाजा खर्च कटौती गरेर आश्रममा सहयोग

नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जमा कक्षा ११ मा व्यवस्थापन संकाय नेपाली माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटौती गरेर मानव सेवा आश्रममा सहयोग गरेका छन् । बिहीबार नेपालगन्जमा रहेको मानव सेवा आश्रममा उक्त विद्यालयमा व्यवस्थापन संकायमा कक्षा ११ मा नेपाली माध्यमबाट अध्ययनरत विद्यार्थीहरुले थोरै थोरै रकम संकलन गरर आश्रममा नगद ७ हजार ९ सय […]

Continue Reading

राजनीतिक दलहरूलाई चन्दा दिने ठूलो कम्पनी मेघा इन्जिनियरिङ

काठमाडौं । यतिबेला भारतभरि ‘चुनावी बन्ड’ को चर्चा चलिरहेको छ । यसमा सबैको चासो ती कम्पनीतर्फ केन्द्रित छ जसले राजनीतिक दलका लागि सबैभन्दा बढी ऋणपत्र खरिद गरे । राजनीतिक दलहरूका लागि सबैभन्दा बढी मूल्यको बन्डहरू खरिद गर्ने कम्पनी फ्युचर गेमिङ एन्ड होटल सर्भिस हो, जसले अक्टोबर २०२० र जनवरी २०२४ को बीचमा १३ अर्ब ६८ […]

Continue Reading

बाँकेमा व्यावसायिक उखु खेती तर्फ किसानहरु आकर्षित हुदै

बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित कृषकहरु व्यावसायिक उखु खेती तर्फ आकर्षा भएका छन् । एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’गाउँमा सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरिएको हो । उक्त खेतीका लागि शनिबार लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक […]

Continue Reading

उद्योग वाणिज्य तथा श्रम उपभोक्ता समितिका सभापति खानद्वारा विकास निर्माणका काम अनुगमन

बर्दिया – उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले बर्दियामा संचालित विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सभापति खानको पहलमा संघिय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो । गृह जिल्ला बर्दियामा […]

Continue Reading