लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा मानव सेवा आश्रममा सन्ध्याकालिन भोजन

अर्थ / बाणिज्य नेपालगंज बिशेष

नेपालगन्ज : सामाजिक सेवामा सदैव अग्रसर रहेको लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा नेपालगन्जमा रहेको निल सागर सेवा आश्रममा सन्ध्या कालिन भोजन खुवाएको छ ।

क्लवका सदस्यहरुको जन्मदिन र घरपरिवारका सदस्यहरुको जन्मदिनको अवसरमा थोरै थोरै रकम जम्मा गरेर उक्त आश्रममा रहनु भएका बुबा आमा , बालबालिकाहरुलाई केही थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले खाना खुवाइएको हो  ।

क्लवका अध्यक्ष लायन जयेश जंग शाह, ला. सुमन गिरी श्रेष्ठ  लगायतको उपस्थितिमा हंगर कार्यक्रम गरिएको क्लबका अध्यक्ष शाहले बताए ।

क्लबले सदस्यहरुको जन्मदिनमा आश्रममा गएर केही न केही मानवीय कार्य गर्ने गरेको क्लबको प्रथम उपाध्यक्ष डा. खेमा भण्डारीले बताइन्  ।
क्लवले शुक्रबार भोलि रेड हिल एकेडेमी स्कुलमा स्वास्थ्य शिविर गर्ने क्लबका अध्यक्ष शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *