नेपालगन्ज : काठमाण्डौंमा सफलता प्राप्त गरेपछि पठाओ सेवा नेपालगन्ज लगायत देशका अन्य सहरमा पनि विस्तार गर्न बाइक, स्कुटर र गाडीलाई दरखास्त आव्हान गरेको छ ।
उसले आफ्नो वेबसाइटमा प्रारम्भिक चरणमा राखेको शुल्क हेर्दा नेपालगन्जमा सञ्चालनमा रहेका ई रिक्साको भन्दा तेब्बर बढी देखाएको छ ।
नेपालगन्ज सहरको स्थानीय बि.पी. चोक देखि रुपैडिया सम्म रु ३० देखि ५० रुपैयाँ भाडामा ई रिक्सामा लैजाने गरेको पाइन्छ भने पठाओ को वेबसाइटमा रु १८३ रुपैयाँ देखाएको छ । त्यसैगरी धम्बोझी चोकदेखि बि.पि. चोकसम्म ई रिक्सामा १५ रुपैयाँ लिने गरिन्छ भने पठाओ मा ५० रुपैयाँ देखाएको छ ।
यसरी हिसाब गर्दा तेब्बर बढी देखाएको छ , कथम कदापि केही समायोजन गरेपनि तेब्बर बढी देखियो यसले गर्दा नेपालगन्ज सहरमा त्यति सफलता पाउन गाह्रो हुने स्थानीय बताउँछन् ।
नयाँ नयाँ प्रविधि आउनु राम्रो भएको तर चलिरहेको र पाइरहेको सेवा सुविधामा सहुलियत हुनुपर्नेमा स्थानीयको माग रहेको छ ।