४ सय ४० किलोग्राम गाँजा र नगद सहित तीन जना पक्राउ


सुनसरीको देवानगन्ज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम र नगद  १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगन्ज गाउँपालिका-४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय साहेबगन्जबाट खटिएको प्रहरीले राजगन्ज सिनबारीबाट साहेबगन्जतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *