आई.सी.टी क्लब सुर्खेतको अध्यक्षमा बुढा

सुर्खेत : सुर्खेतमा रही सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको आई.सी.टी क्लब सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ , उक्त सभाबाट जनक बुढा अध्यक्ष पदमा निर्बाचित भएका छन । सूचना प्रविधि सम्बन्धि अन्तरक्रिया तथा तेस्रो साधारण सभाको अध्यक्षता नि. अध्यक्ष टीका प्रसाद ढकालले गरेका हुन् । उनले सस्थाले आई.टी. सम्बन्धि गतिविधि गरिरहेकोमा […]

Continue Reading

माओवादी केन्द्रको अभियान मिसन ८४ होइन, मिसन समाजवाद हो : पूर्व अर्थमन्त्री शर्मा

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको आयोजना गरिएको मधेसी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको अबको आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो भनेका छन् । बाँकेको त्रिभुवन चोकमा भएको मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै शर्माले माओवादीको अबको यात्रा […]

Continue Reading

जि.भि.एन.का विद्यार्थीलाई शुक्रबारको दिन जीवन उपयोगी शिक्षा अन्तर्गत दुना टपरी बनाउन सिकाउदै

नेपालगन्ज – शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा.वि. नेपालगन्जमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबारको दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत दुना टपरी बनाउन सिकाइएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक विषय पढाउने शिक्षक भरत पोखरेलले जीवन उपयोगी शिक्षा अन्तर्गत दुना टपरी बनाउन सिकाएको बताउनुभयो । उक्त विद्यालयले विद्यार्थीहरुलाई बेलाबेलामा विभिन्न ठाउँको शैक्षिक अवलोकन (भिजिट) […]

Continue Reading

कानुन समाज सेवा बाँकेले चोरी नियन्त्रण गर्नका लागि जिल्ला  प्रशासनलाई ध्यानाकर्षण पत्र

नेपालगन्ज – बाँके जिल्लामा कानुन सम्बन्धि सचेतना जगाउदै आइरहेको कानुन समाज सेवा बाँकेले बाँकेमा चोरी नियन्त्रण गर्नका लागि सक्रिय हुन र निर्देशन गर्नका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएको छ । पश्चिम नेपालकै ठूलो सहरमा पर्ने बाँके जिल्लाको नेपालगञ्जमा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गइरहेको हुदाँ मुलुकी अपराध सहिंता, २०७४ को भाग […]

Continue Reading

मेडिकल कलेजका सरसफाइ कर्मचारीहरुलाई हेपाटाइटिस बि विरुद्धको खोप लगाइयो

नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत सरसफाइ कर्मचारीहरुलाई हेपाटाइटिस बि बिरुद्धको खोप लगाइएको छ । नेपालगन्ज मेडिकल कलेजमा गठन गरिएको वेष्ट म्यानेजमेन्ट टिमको बैठकले प्रत्येक कर्मचारीहरुलाई संस्थासँग छलफल गरेर हेपाटाइटिस बि विरुद्धको खोप लगाउने निर्णय गर्न सिफारिस गरेकोमा पहिलो चरणमा सरसफाइ कर्मचारीहरुलाई खोप लगाउन सुरु गरिएको वेष्ट म्यानेजमेन्ट टिमको संयोजक सुमन गिरीले […]

Continue Reading

लोक गायक पुस्कल शर्माको गीतमा झुमे नेपालगन्जमा दर्शकहरु

नेपालगन्ज- नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित लोक गायक पुस्कल शर्माको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका हुन् । सोमवार नेपालगन्जको महोत्सवमा चर्चित गायक शर्माले गाउनुभएको दोहोरी गीत ‘म जीउंन सक्दीन मुटु जलाई जलाई’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु रमाउदै झुमेका छन् । महोत्सवमा गायकले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘हो भन निरमाया आउछौ आउदैनौ पकै मर्छु […]

Continue Reading

सिद्धार्थ बैंक बि.पी. चोक शाखाले बैंकको २१ औं वार्षिकोत्सब मनायो

नेपालगन्ज : नेपाल सरकारबाट मान्यता प्राप्त क श्रेणीको सिद्धार्थ बैंक बि.पी. चोक शाखाले बैंकको २१ औं वार्षिकोत्सब कार्यालयमा केक काटेर मनाएको छ । बैंकले आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा नारी वचत खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा एटीएम, मोबाइल बैंकिङ, क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने उक्त शाखाका शाखा प्रमुख दिलिप पंगालीेले बताउनुभयो । उक्त सुविधा ग्राहकलाई […]

Continue Reading

लुम्बिनी प्रदेशमा दुईजना मन्त्री थप बाँकेबाट शहरी विकास मन्त्रीमा नमुना

नेपालगन्ज – लुम्बिनी प्रदेश सभाले दुईजना मन्त्री मण्डल हेराफेरी गरेको छ । एकजना बाँके र अर्को प्युठानबाट मन्त्री थपेको छ । बाँकेबाट कृष्णा केसी नमुनालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने प्युठानका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवार मिलेको छ । बाँकेकि सांसद नमुना नेकपा माओवादी केन्द्रकि हुनुहुन्छ भने प्युठानका सरोज थापा […]

Continue Reading

टक्सार वचत तथा ऋण सहकारीको अध्यक्षमा पोखरेल

नेपालगन्ज – बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको टक्सार वचत तथा ऋण सहकारीको अध्यक्षमा इश्वर पोखरेल सर्वसम्मत रुपले चयन भएका छन् । उक्त सहकारी संस्था लि. को १४ औं वार्षिक साधारसभाबाट उपाध्यक्ष पदमा चिरञ्जीवी ओली, सचिव पदमा महेश्वर जोशी, कोषाध्यक्ष पदमा भानुभक्त रेग्मी, सदस्यहरुमा क्रमश डम्बर चन्द, प्रमोद गुप्ता र बसन्ती रोकाया साथै लेखा संयोजक निर्मल उपाध्याय […]

Continue Reading

नेपालगन्ज साइक्लिङ क्लबको अध्यक्षमा सापकोटा

नेपालगन्ज – नेपालगन्ज साइक्लिङ क्लबको आज सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष पदमा प्रदिप सापकोटा निर्वाचित भएका छन् । स्थानीय सुनाखरी रेष्टुरेन्टमा भएको अधिबेशनबाट बरिस्ठ उपाध्यक्ष पदमा सुरेन्द्र दिप कार्की , उपाध्यक्ष पदमा कविराम बुढाथोकी , सचिव पदमा इन्द्र गिरी, कोषाध्यक्ष पदमा  राजेश कुमार गुप्ता , सह – सचिव पदमा दिपक मल्ल सदस्यहरुमा क्रमश पंकज मान श्रेष्ठ, […]

Continue Reading