नेपालगन्ज- नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित लोक गायक पुस्कल शर्माको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका हुन् ।
सोमवार नेपालगन्जको महोत्सवमा चर्चित गायक शर्माले गाउनुभएको दोहोरी गीत ‘म जीउंन सक्दीन मुटु जलाई जलाई’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु रमाउदै झुमेका छन् । महोत्सवमा गायकले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘हो भन निरमाया आउछौ आउदैनौ पकै मर्छु म देख्नै पाउंदैनौ, छोडदिन है तिम्लाई, गयौं हो कालीगंगा तरेर, मलाई माफ गर मलाई माफ गर, मलाई माफ गर है प्रिय, बचन एउटै होइन र आंसु एउटै होईन र, कहिले ए साथी’ गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको दमदार प्रस्तुतिका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराए ।
हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथै थारु गाउँमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजक बुढाले बताए। उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गरेका थिए । यस्तै भोलि नेपालगन्ज महोत्सवमा चर्चित कलाकार समीक्षा अधिकारी, मोडल बिजय पुन लगायत सोनी डान्सको बेजोड प्रस्तुति रहने आयोजक टीमले जनाएको छ ।
