नेपालगन्ज – नेपालगन्ज साइक्लिङ क्लबको आज सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष पदमा प्रदिप सापकोटा निर्वाचित भएका छन् ।
स्थानीय सुनाखरी रेष्टुरेन्टमा भएको अधिबेशनबाट बरिस्ठ उपाध्यक्ष पदमा सुरेन्द्र दिप कार्की , उपाध्यक्ष पदमा कविराम बुढाथोकी , सचिव पदमा इन्द्र गिरी, कोषाध्यक्ष पदमा राजेश कुमार गुप्ता , सह – सचिव पदमा दिपक मल्ल सदस्यहरुमा क्रमश पंकज मान श्रेष्ठ, बाबुराम विश्वकर्मा, दिपक कुमार गुप्ता, किरण श्रेष्ठ, नीरज कार्की, प्रदीप बाहुन, प्रेम केसी, डबल प्रसाद सुवेदी, चन्द्र प्रसाद कंडेल, बिष्णु कंडेल, महिला सदस्य बिना पुन, विजय बुढाथोकी, बिशाल चन्द निर्वाचित भएका छन् ।

क्लबका अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा तालिम केन्द्र नेपालगन्जका प्रमुख संजिब शर्मा , बिशिस्ट अतिथिमा नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडिया नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अधिवक्ता विकास आचार्य, अधिवक्ता पुर्ण प्रसाद ढकाल, लगायतको उपस्थिति रहेको थियो ।
साइक्लिङ क्लबले बेलाबेलामा सामाजिक कार्य गर्नुका साथसाथै साइक्लिङ रेस, मेयर कप साइक्लिङ, टुर दे ठाकुरद्वारा लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

