बाँकेमा सामाजिक सुरक्षा कोष दिवस अन्तक्रिर्या तथा छलफल कार्यक्रम गरेर मनाइयो

नेपालगंज बिशेष मुख्य खबर लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : ९ औं सामाजिक सुरक्षा कोष दिवस बाँकेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी सम्पन्न भएको छ ।
नेपालगन्जमा रहेको श्रम रोजगार विभागको सभा हलमा भएको कार्यक्रममा विभिन्न उद्योगका उद्योगी, ट्रेड युनियन, श्रमजीवी श्रमिकको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष प्रमुख डम्बर बि.क. तुफानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एकसय बढी उद्योगी,ट्रेड युनियनकर्मी तथा श्रमिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बोल्दै अधिकांश वक्ताहरुले कोषको सम्पूर्ण कार्यक्रम राम्रो भएको र यसको दायरा अझै बढाउनुपर्नेमा जोड दिएका छन् । वक्ताले सबै औपचारिक तथा अनौपचारिक क्षेत्रमा कामगर्ने सबैलाई अनिवार्य समेट्नु पर्नेमा जोड दिएका छन् ।

अहिलेसम्म १ हजार बढी आश्रित परिवारले पेन्सन खाइरहेको कोषका नेपालगन्ज शाखा प्रमुख विष्णु रोकाले बताउनुभयो । उहाँका अनुसार ६ हजार बढीले अशक्तता सुविधा लिइरहेको बताउनुभयो । उपस्थित उद्योगीहरुले अब उप्रान्त मजदुरलाई अनिवार्य सुचिकृत गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् भने कोषको रु २५ हजार ओ. पि.डी. रकम कम भएको र पुनः थपगर्न अनुरोध गरेका छन् ।

मन बहादुर धामीले सञ्चालन गरेको उक्त कार्यक्रममा ३ जना आश्रित परिवारलाई खादाले सम्मान गरिएको थियो । कार्यक्रम श्रम तथा रोजगार कार्यालय बाँकेका प्रमुख सरोज साह, ट्रेड पुनियन कांग्रेसका सभापति तोजिन्द्र बि.क., जेटियुसिसीका अध्यक्ष तथा जिफन्टका नेता पुर्ण के.सी., अन्टुफका बाँके अध्यक्ष हजरद अलि, आश्रित परिवारको तर्फबाट बिष्णु रावत, प्रमुख अतिथि तथा कार्यक्रममा सभाध्यक्ष बिष्णु रोकाले मन्तव्य राख्नुका साथै कोषको योजनाबारे प्रस्तुति करण गरेर  प्रष्ट पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *