नेपालगन्ज : बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिका लागि नेपालगन्ज निवासी हाल अमेरिकामा बस्दै आएका राजा खानले स्पोर्ट्स क्लव मार्फत शैक्षिक समाग्री बितरण गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित रहेको मदरसा लिलबनात (गल्स स्कुल) मा बिहीबार एक कार्यक्रमको आयोजना गरी बालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको हो । बिशेषगरी बालिकाहरुको समग्रीले शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यका साथ शैक्षिक सामग्रीहरु भेरी रोकर्स स्पोर्ट्स क्लबको सहयोगमा कार्यक्रमद्वारा वितरण गरिएको हो ।
भेरी राकर्स स्पोर्ट्स क्लबका अध्यक्ष मोहम्मद साजिद खान को अध्यक्षता एवं समाजसेवि र राजा खान नेपालगन्जका जावेद अलिको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले राख्ने ब्याग १० थान, वाइट बोर्ड ३ थान, आफिस चेयर १ थान, वाटर डिस्पेन्शर मेशिन (जारको पानी सहित) १ थान लगायतका शैक्षिक सामग्रीहरु बालिकाहरुलाई प्रदान गरिएको थियोे । सो मदरसामा अध्यनरत बालिकाहरुको संख्या २०० र शिक्षक संख्या ६ जना रहेको छ।

यसैगरी कार्यक्रममा भेरी राकर्स स्पोर्ट्स क्लबको कोषाअध्यक्ष इरफान अलि (अरसद) शिक्षाको विकास भए मात्र भबिष्य राम्रो हुने उद्देश्यले शिक्षामा गुणस्तरीय ल्याउनका लागि आफु लागि परेको भन्दै यसप्रति मुस्लिम समुदायका जनताले पनि साथ दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा खेल र सामाजिक कार्यमा रुचि राख्ने रोशन कुमार साह , दिलावर रब्बानी, सदाब अन्सारी लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन यस मदरसा लिलबनात (गल्स स्कुल) का अध्यक्ष सलमा खातुन हल्वाईले बिशेषगरी राजा खानको आर्थिक सहयोगमा शैक्षिक समाग्री वितरण गरिएकोमा धन्यवाद दिएकी थिइन् ।
स्मरण रहोस् यसै वर्ष राजा खानले अमेरिकामा बस्दै गरेर पनि नेपालगन्जमा रात्री कालिन क्रिकेट प्रतियोगिता, भलिबल प्रतियोगिता लगायतका खेलमा सहयोग गरिसकेका छन् ।
