“भन्छ नेपालगन्ज , बन्छ नेपालगन्ज”  विषयबारे बौद्धिक मन्थन कार्यक्रम सम्पन

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : भन्छ नेपालगन्ज, बन्छ नेपालगन्ज भन्ने मुल उद्देश्य लिएर सुरु गरिएको बौद्धिक व्यक्तित्व मन्थन कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

आइतबार नेपालगन्जमा रहेको होटल स्वस्तिक एण्ड कटेजमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको जमघट भइ शुभकामना आदानप्रदान गर्नुका साथै नेपालगन्ज शहरको बारेमा मन्थन गरिएको हो । उक्त कार्यक्रममा उपस्थित व्यक्तिहरुले नेपालगन्ज सहरलाई समृद्ध, सुखी र समुन्नत बनाउन सकिने योजनाहरुका बिच र नेपालगन्जमा भइरहेका विकृतिको पनि रोकथाम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालगन्ज सहर मध्य तथा सुदूरपश्चिम क्षेत्रको मुख्य व्यापारी केन्द्र  हो यसलाई अन्य उपमहानगरपालिका भन्दा पृथक र महानगरपालिकाको अवधारणामा अगाडि बढाउनुपर्नेमा सबैले जोड दिएका छन् ।

२५ जना बढी व्यक्तिहरु पहिलो चरणमा जम्मा भइ गरिएको कार्यक्रम छिट्टै बृहत् भेला गर्ने र उक्त भेलामा आफ्ना आफ्ना योजनाहरु लिएर उपस्थित हुनेगरी कार्यक्रम सम्पन भएको सहभागी डा. कबिन्द्रराज भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *