बाँके- लुम्बिनी प्रदेश सभाका लागि बाँके क्षेत्र नं १ क बाट मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार दिएकी कृष्णाा केसी नमुना कोरोना कालमा होस् वा जस्तोसुकै दु:ख परेको बेलामा स्थानीय जनताको घरघरमा पुग्ने गरेकी छिन् ।
लोकतान्त्रिक गठवन्धनका तर्फबाट बाँके क्षेत्र नं १ क बाट प्रदेश सभाका लागि उम्मेदवार दिएकी नमुना नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकि महिला नेतृ हुन् । उनी बाढी डुबानमा परेको बेलामा पनि प्रत्येक दिन जनताको घरघरमा गएर उद्दार कार्यमा खटेकी थिइन् । नमुनाले बाढी प्रभावितको घरदैलोमा पुगेर उनीहरुका गुनासा तथा पीडाहरु सुनिरहेकी छिन् । उनी हरेक दिन बाढी प्रभावितको घर आँगनमा पुगेर सान्त्वना दिने र राहतको लागि पहल समेत गरिरहेकी छिन् ।

तत्कालीन नेकपा माओवादीले जनयुद्ध गर्दाको बखतमा कुशलता पुर्वक आफ्नो जिम्मेवारी निभाउने गरेको पार्टीका उच्च तहका नेताहरूले भन्ने गरेका छन् । उनी दोस्रोपटक लुम्बिनी प्रदेश सभाका लागि उम्मेदवार पार्टीले दिएको छ, उनले जनताको पिर मर्का बुझ्ने, जनतामाझ लोकप्रिय भएको हुदा उनको जीत निश्चित भएको स्थानीय जनताले बताउँछन् ।
