होलस्टिक होम केयरद्वारा माक्स बैंकमा १००० थान माक्स सहयोग

नेपालगंज बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : कोभिड महामारीको भयावह अवस्थामा घर-घर गएर स्वास्थ्य सेवा दिने होलस्टिक होम केयर सेन्टर नेपालगन्ज टिमले मास्क बैंकलाई १ हजार थान सर्जिकल मास्क सहयोग गरेको छ ।

२०७७ फाल्गुण १५ गते स्थापना भएको उक्त  सेन्टरले होम आईसोलेसनमा रहेका २ हजार बढी बिरामीहरुलाई घरमै गएर स्वास्थ्य सेवा प्रवाह गरेको सेन्टरकी सचिव सुमन गिरीले बताउनुभयो ।

उक्त सर्जिकल माक्स बासका कार्यकारी निर्देशक नमस्कार शाहलाई  होम केयरकी अध्यक्ष बसन्ती केसीले हस्तान्तरण गर्नुभएको छ । उक्त वितरण कार्यक्रममा होम केयरका शेयर सदस्यहरु एङ्गिरा रेग्मी, रेन्जु श्रेष्ठ, खेमा भण्डारी लगायतको उपस्थिति रहेको अध्यक्ष केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *