भ्रष्टाचार विरुद्धको अभियानलाई अखिल क्रान्तिकारी बाँकेको हस्ताक्षर सिडियो मार्फत प्रधानमन्त्रीलाई

मुख्य खबर

नेपालगन्ज : भ्रष्टाचारीका विरुद्ध सरकारको अभियानलाई  समर्थनका लागि अखिल (क्रान्तिकारी) बाँकेको सप्ताहव्यापी वृहत् संकलन गरिएको हस्ताक्षरलाई आज जिल्ला प्रशासन कार्यालय बाँकेका सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज र बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको आयोजनामा संकलन गरिएको हस्ताक्षर  संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरको उपस्थितिमा गएर प्रधानमन्त्री तथा नेपाल सरकारलाई बुझाएको हो ।

प्रचण्ड सरकारको सरोकार भ्रष्टाचार विरुद्ध नागरिकको हस्ताक्षर भन्ने मूल नारा सहित संकलन गरिएको हस्ताक्षर बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य मार्फत प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डलाई बुझाएको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले बताए ।

उक्त हस्ताक्षर बुझाउने कार्यक्रम  केन्द्रिय सचिव तथा प्रदेश सह-इन्चार्ज तुल्सीमणि के.सी., अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष महेश बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क. लगायत जिल्ला पदाधिकारी , क्याम्पस समिति र विद्यार्थीहरुको उपस्थिति मा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *