गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता खान सम्मानित

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष


नेपालगञ्ज-  गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पत्रकारिताको माध्यमबाट  सम्मानित गरिएको छ। 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको ३१ औँ साधारणसभाको अवसरमा शनिबार खानलाई लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। 

सङ्घको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री र सोही प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान पत्र तथा नगदर प्रदान गरेर समाचारदाता खानलाई सम्मानित एवं पुरस्कृत गर्नुभयो। 

सो अवसरमा सङ्घका वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल र पूर्व सदस्य मिना श्रेष्ठ प्रदेश सभा सांसदमा निर्वाचित हुनु भएकोमा उहाँ दुबैलाई पनि सम्मान गरिएको छ। 

कार्यक्रममा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, उत्पादन गर्ने उद्योग लगायत सबैभन्दा पहिले सदस्यता नवीकरण गराउने सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *