कांग्रेसको १५ औँ महाधिवेशनमा  व्यवसायी खुमा अर्यालले केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा

मुख्य खबर


मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उमेदवारी दिने घोषणा गरेका छन् । 

स्याङ्जा क्षेत्र नं २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै नेपाली राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्य उमेदवार समेत बनेका अर्यालले नेपाली कांग्रेसको कार्यवाहक कोषाध्यक्षदेखि आर्थिक संयोजकसम्मको जिम्मेवारी यसभन्दा अघि सफलता पुरवक जिम्मेवारी  पुरा गरेका छन् ।  पेशागत रूपमा अर्याल चार्टर्ड एकाउन्टेन्ट हुन् । 

भैरहवा मेडिकल कलेज (यूसीएमएस), गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज नेपालगञ्ज तथा सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थाहरूमा उनी प्रमुख लगानीकर्ता तथा अध्यक्ष पदमा रहेका  छन् । 

उनले स्याङ्जामा आधुनिक पोल्ट्री फार्म स्थापना गरेका अर्यालले जनकपुरमा नेपालकै पहिलो अत्याधुनिक लेयर्स फार्म सञ्चालन गरेका छन् । नेपालमै उनलेे आफुलाई सफल व्यवसायीको रुपमा चिनाउन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *