सन्जिवनी ग्रुपको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप कोषमा १ करोड ५१ लाख रुपैयाँ जम्मा

अर्थ / बाणिज्य मुख्य खबर


नेपालगन्ज :  नेपालमै  ख्यातिप्राप्त निर्माण कम्पनी शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि  प्रधानमन्त्री दैवीप्रकोप कोषमा १ करोड ५१ लाख रुपैयाँ उपलब्ध  जम्मा  गरेका छन् । जसमा नेपालगन्ज मेडिकल कलेज कोहलपुर पनि उक्त ग्रुपमा रहेको छ ।

उक्त कम्पनीका अध्यक्ष रमेश शर्मा र प्रतिनिधिहरुले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा बाढीले ठूलो जनधनको क्षति भएपछि सहयोग रकम प्रदान गरिएको अध्यक्ष शर्माले बताए ।

बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुलुककै प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट १ करोड ५१ लाख उपलब्ध गराइएको बताइएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवम् सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष उक्त  सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *