नेपालगन्ज : सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जमा रहेको सन्जिबनी कलेज अफ मेडिकल साइन्स प्रा.लि. नेपालगन्जद्वारा जिभि.एन. मा.वि. नेपालगन्जमा निशुल्क दन्त शिविर गरेको छ ।
उक्त स्वास्थ्य शिविरबाट ३०० बढी विद्यार्थीहरुले सेवा लिएका छन् । दन्त रोग विशेषज्ञ डा. बेला कनोडिया, डा. सन्जु भुषाल, बरिस्ठ प्रशासकीय अधिकृत यमराज खड्का र बरिस्ठ डेन्टल असिस्टेन्ट भानुभक्त पौडेलको टिम विद्यालयमा गइ विद्यार्थीहरुको दात चेकजाँच गर्नु भएको विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले बताउनुभयो ।

अस्पतालका बरिस्ठ अधिकृत खड्काका अनुसार प्रत्येक हप्ता निशुल्क स्वास्थ्य शिविर गरिदै जाने बताउनुभयो । डा. बेला कनोडियाले विद्यार्थीहरुले चकलेट लगायतको मीठा खानेकुरा खानेहुदा केही विद्यार्थीहरुमा दात किराले खाएको समस्या देखिएको बताउनुभयो । उहाँले ती समस्या भएका विद्यार्थीहरुलाई सन्जिबनी हस्पिटल नेपालगन्जमा बोलाएको बताउदै भारी छुटमा उपचार गरिने बताउनुभयो ।
विद्यालयमा विद्यार्थीहरुले तीज कार्यक्रम समेत मनाएर खुसी साटासाट गरेको विद्यालयका प्रिन्सिपल मानबहादुर थापाले बताउनुभयो । उनीहरूले सांस्कृतिक कार्यक्रम समेत गरेर मनोरञ्जन दिएको सहायक प्रिन्सिपल अभि खनालले बताउनुभयो ।

