म. ब. क्याम्पस नेपालगन्ज स्ववियु निर्वाचन अपडेट : विद्यार्थीको रोजाइमा संयुक्त प्यानल

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगंज :  त्रिभुवन बिश्वविद्यालय सहित आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचनमा मतदान गर्न विद्यार्थीहरु हर्षित छन । पश्चिम नेपालको ठूलो क्याम्पस महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा चैत्र ५ गते (भोलि) बिहान ८ बजे देखि साँझ ४ बजेसम्म मतदान गरिने निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता सुचिमा नाम भएका बिद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागि हुन आवाह्रन गरेको छ ।

चुनाबि मैदानमा नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानल, समावेशी प्यानल स्ववियुको चुनावि प्रतिस्पर्धामा छन । संघठनहरु निर्वाचन आफ्नो पक्षमा पार्न लागि परेका छन, बिद्यार्थीहरु आफ्नो नेतृत्व छान्न मतदान गर्दै छन उनीहरुले यस पटक सक्षम जुझारु विद्यार्थी नेता छान्ने अभियान चलाईरहेका छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यानरत विद्यार्थीले नाम नभन्ने सर्तमा यस पटक हरेन्द्र बहादुर बि.क. को नेतृत्वको संयुक्त प्यानललाई मतदान गरि जिताउने सल्लाह भएको बताए ।

बि.ए. प्रथम बर्षमा अध्यानरत विद्यार्थीहरुले पनि स्नात्तोत्तर एम.बि.एस चौथो सेमेस्टरमा अध्ययन गरि रहेकाले पनि राजनीति बुझेका, विद्यार्थीहरुका समस्या समाधान गर्न सक्ने र क्याम्पस प्रशासनसँग राम्रो समन्वय गर्न सक्ने क्षमता भएको विद्यार्थी भएकाले पनि हरेन्द्र बि.क नेतृत्वलाई मतदान गर्न आतुर भएको र जित निस्चित भएको बताए ।

निर्वाचनमा नेपाल विद्यार्थी संघबाट सन्तोष रावल, अनेरास्ववियु बाट केशर जंङ्ग शाह, संयुक्त प्यानलबाट हरेन्द्र बहादुर बि.क. र समावेशी प्यानलबाट निशान थारु अध्यक्ष पदमा प्रतिष्पर्धामा रहेका छन ।

यस्तै सबै भन्दा अब्बल नेतृत्व र शिक्षामा समानता र सशक्त विद्यार्थी आन्दोलनका लागि गुणस्तरीय र प्राविधिक शिक्षाका लागि भ्रष्टाचारमुक्त क्याम्पस निर्माण गर्नका लागि हरेन्द्र नेतृत्वको प्यानल लाई जिताउन अखिल क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले सबै बिद्यार्थीहरुलाई आवाह्रवा गरेका छन ।
हेर्नुहोस् निर्वाचन सम्बन्धि सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *