जेन्जी आन्दोलनको एक वर्ष : हामीले के पायौं, के गुमायौं?

विचार/व्लग

नेपालमा २०८२ भदौ २३ र २४ गते युवापुस्ताको आवाजका रूपमा उठेको जेन्जी आन्दोलनले एक वर्ष पूरा गरेको छ। सामाजिक सञ्जाल बन्द भएको कारणबाट सुरु भएको असन्तुष्टि सडकसम्म पुग्दा यस आन्दोलनले राज्य, राजनीति र समाजलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। उक्त आन्दोलनले ७६ जना कलिला बालबालिका सहितले  मानव जीवन नै  गुमाउन वाध्य भएका थिए ।

एक वर्षको अवधिमा आन्दोलनले युवाहरूको राजनीतिक चेतना र सहभागिता बढाएको भने अवश्य  छ। पुराना राजनीतिक शैलीप्रति प्रश्न उठाउने, भ्रष्टाचार, बेरोजगारी, सुशासन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा खुलेर आवाज उठाउने वातावरण बनेको छ। युवाहरू केवल दर्शक होइनन्, देशको भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न सक्छन् भन्ने सन्देश पनि उक्त आन्दोलनले दिएको छ।

तर, उपलब्धिसँगै केही क्षति र चुनौतीहरू पनि देखिएका छन्। आन्दोलनका क्रममा भएका हिंसा, तोडफोड, सामाजिक तथा आर्थिक क्षतिले चिन्ता थप्यो। कतिपय ठाउँमा आन्दोलनको मूल उद्देश्य कमजोर बन्दै राजनीतिक स्वार्थ र विभिन्न समूहको प्रभाव देखिएको आरोप पनि लाग्यो। आन्दोलनपछि उठेका मागहरू कति पूरा भए भन्ने प्रश्न अझै बाँकी छ। त्यतिमात्र होइन जसले हिजो आन्दोलन गरे सत्ता पल्टाएर निर्वाचन गर्ने वातावरण गराए, नयाँ सरकार बन्यो तर ती आन्दोलनमा होमिएका जेन्जीहरु अहिलेसम्म पनि जेलमा रहेको आवाज उठिरहेको छ । हामीले सिंहदरबार गुमायौं, थुप्रै जेन्जी गुमायौं, खर्बौको सम्पत्ति गुमायौं तर भ्रष्टाचारको विरुद्धमा अझैसम्म पनि सरकारले कडा नीति नियम नबनाउदा दु:ख लागेको नेपाली जनता बताउँछन् ।

एक वर्षपछि फर्केर हेर्दा जेन्जी आन्दोलनले नेपालमा नयाँ पुस्ताको शक्ति र चेतना देखाएको छ। तर आन्दोलनको वास्तविक सफलता केवल सडकमा नारा लगाउनुमा होइन, उठाइएका मुद्दालाई नीति र व्यवहारमा परिवर्तन गर्न सक्नुमा हुनेछ।
प्रश्न अझै उही छ—
एक वर्षमा हामीले आवाज त उठायौं, तर के परिवर्तन पायौं?
हामीले चेतना पायौं, तर के स्थायी उपलब्धि हासिल गर्‍यौं?
र परिवर्तनको यात्रामा हामीले के–के गुमायौं? सुशासन कहाँ कायम भयो ? भ्रष्टाचार किन अहिले पनि भइरहेको छ ? यस्ता अनेकौं प्रश्नचिन्ह अहिले खडा भएका छन् ।
जेन्जी आन्दोलनको एक वर्षले यही समीक्षा र आत्ममूल्यांकन गर्ने समय आम नेपाली जनतालाई दिएको छ। अब उप्रान्त त्यस्ता आन्दोलन हुन नदिन  सरकार सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध खरो रुपमा उभिनु जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *