भदौ १५ अर्थात् १९ औं पुस्तकालय दिवस  किन मनाउने गरिन्छ ?

विचार/व्लग शिक्षा


रामकृष्ण हमाल
कोहलपुर : आज भदौ १५ गते १९ औं राष्ट्रिय पुस्तकालय दिवस २०८३ विभिन्न कार्यक्रम गरि मनाइएको छ । देशमा घटेको दैवीप्रकोपबाट हर्ष उल्लासपूर्ण तरिकाले नमनाए पनि नियमित रुपमा केही लेखन तथा अन्तक्रिर्या कार्यक्रम गरेर देशका पुस्तकालयहरुमा मनाएर सम्पन्न भएको छ ।

गुरुकुल शिक्षाको साथ साथै बाइसे चौबीसै राज्यकालिन समयदेखि नै उक्त राज्यहरू एकीकरण गर्दाको समयदेखि प्राप्त भएको दस्तावेज, पुस्तकहरु संकलन गरेर पृथ्वीनारायण शाहले वि.सं १८२७ सालतिर तत्कालीन दरबार हनुमानढोकामा राख्न लगाएको भन्ने कुरा इतिहासमा पढ्न सकिन्छ । क्रमिक रुपमा विकासको क्रम संगसंगै पृथ्वीनारायण शाहका नाति गीर्वाण युद्ध वीर विक्रम शाहले वि.स. १८६१ भदौ १५ गते “तादवील” नामको पुस्तकालय स्थापना गरि दरबारमा भएका सम्पूर्ण संकलित पुस्तकहरु र दस्तावेज राखी स्थापना गरिएकोले आज पनि हामी भदौ १५ लाई राष्ट्रिय पुस्तकालय दिवस मान्ने गरेका छौं ।

तत्पश्चात उक्त पुस्तकालयमा वि.स. १८५७ मा राजेन्द्र वीर बिक्रम शाहले पुस्तकहरू थप्दै गरेको इतिहासबाट पनि शाहबंशीय कालमा पनि पुस्तक प्रति सबैको मोह भएको सजिलै बुझ्न सकिन्छ । त्यसैगरी वि.स. १८१० मा दरवार स्कुलको स्थापना भए पश्चात् वीर विक्रमले वीर लाइब्रेरी स्थापना गर्न लगाएका थिए । सन १९१८ मा दरवार हाईस्कुलबाट त्रिचन्द्र कलेजमा  स्थापना गराएका थिए । त्यसैगरी सर्वसाधारण जनताका लागि  सन १९२८ मा देव शमशेर ज.व.रा.ले  उक्त पुस्तकालय खुला गर्ने निर्णय गरेका थिए ।

सन १९५२/१०६० तिर केशर पुस्तकालय स्थापना गरिएको थियो र तत्कालीन भारतीय प्रधानमन्त्री जवहरालाल नेहरुले अवलोकन समेत गरेका थिए ।  वि.स. १९६६ सालमा टंगालमा शाही निकेतन पुस्तकालय  स्थापना गरिएको थियोे । सन १९४३ सालमा सर्बोच्च अदालतमा लाइब्रेरीको स्थापना गरिएको थियो ।

यसरी पुस्तक र आलय मिलेर पुस्तकालय शब्दको निर्माण भएको हो । सामान्य रुपमा पुस्तकालय भनेको पुस्तकको भण्डार हो, ज्ञानको भण्डार हो । पुस्तकालय यस्तो स्थान हो जहाँबाट धेरै प्रकारका ज्ञानवर्दक पुस्तकहरु अध्ययन अनुसन्धान गर्ने तथा सूचना प्राप्त गर्न सकिन्छ । पुस्तकालयले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता सबैको लागि पुलको काम गरेको हुन्छ ।समाजमा संस्कारी बन्न, विद्वान् हुन, पुस्तकालयको महत्त्वपूर्ण भूमिका रहेको मान्न सकिन्छ ।

लेखक : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासनिक कोर्डिनेटर हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *