जे.एस. बोडिङ्ग स्कुल पढाइका संगसंगै खेलकुदमा पनि अगाडि



नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका कोरियनपुरमा  रहेको जानकी गाउँपालिका वडा नं ३ मा रहेको जे.एस. इग्लिस बोडिङ्ग स्कुल पढाइका साथसाथै खेलकुदमा पनि अगाडि रहेको छ ।

जानकी गाउँपालिकामा  पुस ७ गतेदेखि सञ्चालन भएको सातौं राष्ट्रपति तथा अध्यक्ष कप रनिङ सिल्ड  शनिबार सम्पन्न भएको छ । उक्त विद्यालयका विद्यार्थीहरु भलिबल प्रतियोगितामा प्रथम, १०० मिटर र  २०० सय मिटर दौडमा प्रथम, लमजम्पमा पनि प्रथम भएको विद्यालयका प्रिन्सिपल रेबती प्रसाद देवकोटा (एल.पी. देवकोटा)ले  बताउनुभयो ।  कबड्डी लगायतका अन्य इभेन्टमा  दोस्रो स्थान ल्याउन सफल भएको छ ।

विद्यालयका विद्यार्थीहरुले ४ वटा गोल्ड, सिल्बर १ वटा, १४ वटा ब्राउन्च ल्याएको प्रिन्सिपल देवकोटाले बताउनुभयो । प्रिन्सिपल देवकोटाका अनुसार नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको विद्यालयमा बाँकेमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको जिकिर गर्नुभयो । “हामीले गुणस्तर शिक्षामा जोड दिएका छौं” देवकोटाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *