पार्किङ निषेध भनेको ठाउँमा नै गर्छन बौद्धिक व्यक्तिहरुले सवारी पार्किङ

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : यसो झट्ट क्याम्पसक‍ो नाम सुन्न बित्तिकै बौद्धिक व्यक्तिहरुले पढाउने, अनुशासित विद्यार्थीहरुले पढ्ने ठाउँका रुपमा चिनिन्छ र मानिन्छ। तर त्यही क्याम्पसमा जहा जहा पार्किङ निषेध लेखिएको हुन्छ त्यही पार्किङ गरेर आफ्नो बौद्धिकतालाई जिस्काइएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा यसरी पार्किङ गर्नु नौलो कुरा भएन न त्यहाँ ट्राफिक प्रहरी छ न क्याम्पस प्रशासनले भनेको कसैले मान्छ त्यहाँ राखिएका सेक्युरिटी गार्डलाई झन् कसले टेर्ने यस‍ो पार्किङ नगरिदिनुस भन्दा उल्टै थर्काउने गरेको सुरक्षा गार्डले बताए ।
क्याम्पस प्रशासनले पटकपटक नो पार्किङको वाोर्ड लगाएपनि धेरैले बेवास्ता गरेर मोटरसाइकल पार्किङ गरेको बताउँछ । त्यहाँ कार्यरत शिक्षकले मात्र होइन कि अध्ययनरत विद्यार्थीहरुले पनि मोटरसाइकल पार्किङ नगर्नु भन्दा उल्टै थर्काउने गरेको सुरक्षा गार्डले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *