जिफन्टको आयोजनामा सामाजिक सुरक्षा सहित श्रम ऐन सम्बन्धि श्रमिक परिचालन प्रशिक्षण कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेशको आयोजनामा कानुन स्वैच्छिक हुदैन अनिवार्य लागु गर भन्ने मुल नाराका साथ सामाजिक सुरक्षा सहित श्रम कानुन कार्यान्वयनको लागि श्रमिक परिचालन सम्बन्धि प्रशिक्षण  कार्यक्रम आज नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हरि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्टका राष्ट्रिय अध्यक्ष तथा संविधानसभा सदस्य विनोद श्रेष्ठको प्रमुख आतिथ्य, जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, नेकपा एमाले बाँके जिल्ला इन्चार्ज देवराज भार, नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किश्मत कुमार कक्षपति, जिफन्ट बाँके जिल्ला संयोजक टी-एन- रावत, वरिष्ठ युनियन सञ्जालका नेता केशब गिरी, पुर्णचन्द्र उपाध्याय  लगायतको उपस्थितिमा भएको  प्रशिक्षण  कार्यक्रममा बाँके र बर्दिया जिल्लाका जिफन्टसंग सम्बन्धि नेताहरुको उपस्थिति रहेको थियोे ।

जिफन्ट लगायतका ट्रेड युनियनको अथक प्रयासमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धि योजनामा सञ्चय कोषमा भन्दा बढी ८ प्रतिशत सम्म ब्याज दिने निर्णय भइसकेको , ८ अर्व भन्दा बढी रकम जम्मा भइसकेको प्रमुख अतिथि श्रेष्ठले बताउनुभयो । यो योजनाबाट हालसम्म ३ हजार ८ सय जनाले सुत्केरी भत्ता पाइसकेको उल्लेख गर्दै श्रमजीवी श्रमिकको हकमा रहेको सामाजिक सुरक्षा ऐन असफल पार्नमा एउटा तत्व सक्रिय रहेको बताउदै सबै श्रमिकहरु त्यसका लागि जस्तोसुकै आन्दोलन गर्नपनि तयार रहेको उहाँले बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले पुर्व प्रधानमन्त्री केपी शर्मा वली जनप्रिय भएकोले उक्त योजना अदालतबाट समेत स्वैच्छिक भनेर भनिदिनाले कानुनी राज्यमा पनि आशन्का मान्नुपर्ने अधिकांश वक्ताहरूले बोलेका थिए । उक्त श्रम ऐन कार्यान्वयनका बारेमा सबै मजदुर तथा ट्रेड युनियनहरु एकताबद्ध भएर लाग्नुपर्नेमा  जोड दिइएको थियोे ।

उक्त प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष कमल गौतम, नेकपा एमाले जिल्ला इन्चार्ज देवराज भार, उपाध्यक्ष किश्मत कुमार कक्षपति, महिला नेतृ दीपा शर्मा, जिफन्ट बाँके संयोजक टी-एन- रावत, प्रमुख अतिथि जिफन्ट राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठ र कार्यक्रमको अध्यक्षता गर्नुभएको लुम्बिनी प्रदेश अध्यक्ष हरि कार्कीले प्रशिक्षण दिनु भएको थियो। उक्त कार्यक्रम सञ्चालन जिफन्ट लुम्बिनी प्रदेश सचिवालय सदस्य पुर्ण बहादुर केसीले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *