प्रदेश सभा सदस्य काफ्लेको पहलमा बाँकेको जानकी तीनका  युवायुवतीलाई  ड्राइभिङ तालिम सुचारु

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : “सीप सिकौं स्वरोजगार बनौं” भन्ने मुल नाराका साथ बाँकेको जानकी गाउँपालिका वडा नं ३ का लक्ष्यित वर्गका युवा युवतीलाई १ महिने ड्राइभिङ तालिम सिकाउन  बुधबार उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेको क्षेत्र  विकास कोष अर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमबाट सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा रहेको शुभ स्वस्तिक  ड्राइभिङ स्कुल  प्रा.लि. मा   १ महिने तालिम सुरु भएको हो ।  बुधबार नेपालगन्जमा रहेको होटल संगालोमा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको प्रमुख आतिथ्यता,  सामाजिक  डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषिराज शर्माको विशिष्ट आतिथ्यतामा तथा जानकी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार वर्माको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको हो ।

उक्त १ महिने तालिममा महिला र पुरुष गरेर  २० जनाले सिक्न पाउनेछन् । लुम्बिनी प्रदेश सभा सदस्य काफ्लेले आगामी दिनहरुमा पनि समग्र बाँके जिल्लाका युवायुवतीलाई लक्ष्यित गरेर कार्यक्रम गरिने बताउनुभयो । उहाँले हिजो मात्रै माननीय कप क्रिकेट, जानकीमा ड्राइभिङ तालिम, नेपालगन्जमा ड्राइभिङ तालिम लगायतका विभिन्न कार्यक्रमहरु गरिरहेको र गर्ने जनाउनु भयो ।

सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख शर्माले लुम्बिनी प्रदेश सभा सदस्य काफ्लेले सामाजिक डिभिजन कार्यालय मार्फत आफना जनताहरुको लागि थुप्रै कार्यक्रमहरु ल्याएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रम ल्याउन अनुरोध समेत गर्नुभएको छ ।

जानकी ३ का वडा अध्यक्ष राजकुमार वर्माले आफुले माननीयलाई आफ्ना वडाका जनतालाई लक्ष्यित कार्यक्रम ल्याउन अनुरोध गरेको बताउदै उहाँले मेरो भनाइमा सहमति जनाएर कार्यक्रम पारिदिनु भयो उहाँलाई बिशेश धन्यवाद दिन चाहन्छु भन्दै तालिम सिकाउने संस्थालाई सिकेका युवायुवतीलाई सवारी चालक अनुमती पत्र निकाल्न सक्नेगरी सिकाउन अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *