नयाँ शान्तिदिप युवा क्लब गरिबीको सारथि बन्दै, उपचारका लागि रकम जुटाइ दिदै

लुम्बिनी प्रदेश बिशेष

गुल्मी जिल्ला मदाने गाउँपालिकामा रहेको सामाजिक काममा अग्रसर रहेको नयाँ शान्तिदिप युवा क्लब गरिबीको सारथि बन्ने गरेको छ ।
उक्त गाउँपालिका  वडा नं ६ निवासी कङ्के देउराली पर्यटन पुर्वाधार विकास समितीका उपध्यक्ष तथा युवासमाजसेबी श्री जनक नेपाली केही दिन अगाडी बाटोमा हिड्दा हिड्दै दुर्घटना परी घाइते भएको र नीजको हाल भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ।
घरको आर्थिक स्थिति कमजोर भएका नेपालीको ढाडको अप्रेसन गर्ने भएपछि मनकारी व्यक्तिहरुले देश विदेशबाट सहयोग रकम दिने क्रम जारी रहेको छ । नीजको ढाडको अप्रेसन गरेपछी उहाको स्वास्थ्यमा  केही सुधार आएको गुल्मीका गायककार तथा क्लवका शुभेच्छुक सुनिल थापाले बताउनुभयो ।

क्लवद्धारा “जनक नेपाली बचाऔ अभियान” सुरु गरिएपछि हालसम्म २७ हजार बढी रकम जुटी सकेको र अरु रकम जुट्ने क्रम जारी रहेको क्लबका अध्यक्ष विनोद सेनले बताउनुभयो ।  कसैले सहयोग गर्न चाहेमा कृषि विकास बैंक शाखा कार्यलय पुर्काेट दह  नयाँ शान्ति दीप युवा क्लब´खाता नं:  ०४२५४०१७६५३५३०१५
(Ac.No.:0425401765353015) को खातामा रकम जम्मा गरिदिनु हुन क्लबले अनुरोध गरेको छ ।


             

Leave a Reply

Your email address will not be published. Required fields are marked *