थारु पत्रकार संघ बाँकेको अध्यक्षमा : हेमन्त चौधरी

लुम्बिनी प्रदेश बिशेष


नेपालगन्ज : थारु पत्रकार संघ नेपाल बाँकेको जिल्ला अध्यक्षमा प्रेस सेन्टर बाँकेका नेता एंव राप्ती सोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरी चयन भएका छन् । आज राप्ती सोनारी ३ मा भएको चौथो अधिवेशनबाट सम्पादक चौधरी अध्यक्ष संगै नयाँ कार्य समिति चयन भएको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण चौधरी, सचिवमा जागेश्वर थारु, सह सचिवमा सुविता थारु, कोषाध्यक्षमा निर्माला थारु र सदस्यहरुमा राजकुमार थारु, रुपा थारु,रमेश थारु रिता थारु चयन भएका छन् । 

त्यसैगरी चौथो अधिवेशनले केन्द्रिय अधिवेशनको लागि ठाकुर सिंह थारु, विश्वराज पछल्डङ्ग्या, विमला चौधरी, भगतराम थारु, कृष्णलाल थारु, लक्ष्मी थारु र शम्भु प्रसाद थारुलाई केन्द्रिय पार्सदको लागि चयन गरेको अध्यक्ष चौधरीले बताउनुभयो  । 

उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु प्रमुख अतिथि रहेको अधिवेशनमा विशिष्ट अतिथि थारु पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष सन्तोष दहित, अतिथिहरुमा थारु कल्यानकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारु, लगायत रहनु भएको थियो । कार्यक्रममा थारु पत्रकार संघ बाँकेका पुर्व जिल्ला अध्यक्ष बिमला चौधरी र कृष्णलाल थारुलाई सम्मान गरिएको थियोे  भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *