नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको ६५ औं स्थापना दिवसको उपलक्ष्यमा बाँकेको नेपालगन्ज नर्सिङ क्याम्पसमा दीप प्रज्वलन गरिएको छ ।
नेपालगन्ज नर्सिङ क्याम्पस परिसरमा आइतबार साँझ क्याम्पस प्रमुख तुलसा सुनारको नेतृत्वमा प्रध्यापक, उप प्रध्यापक,सहायक प्रध्यापक,शिक्षण सहायक,कर्मचारीहरु र उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले संयुक्तरूपमा दीप प्रज्वलन गरिएको क्याम्पस प्रमुख सुनारले बताउनुभयो ।








