नेपालगन्ज : सानै उमेरदेखि राजनीतिक क्षेत्रमा विशेष रुचि राख्ने, विभिन्न संघ संस्थामा आबद्ध रहेर काम गरेरहेकी युवा नेतृ अम्बिका काफ्ले जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश सभाका लागि खस आर्य समुदायबाट पहिलो नम्बरमा बन्द सुचिमा पर्न सफल भएकी छिन् ।
नेपालगन्जमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धक पदमा कार्यरत, मानवता नेपाल बाँकेको अध्यक्ष पदमा कार्यरत, अन्तरपार्टी महिला संजाल बाँके जिल्लाको अध्यक्ष, काफ्ले समाज बाँकेको अध्यक्ष , बास नेपालको सदस्य लगायत विभिन्न संघ संस्थामा उनी आबद्ध रहेकी छिन् ।
स्नातक तह उत्तीर्ण गरेकी काफ्लेले कानुन संकायमा अध्ययन गरि नतिजाको पर्खाइमा छिन भने उता स्नातकोत्तर तह राजनीतिक शास्त्रमा अध्ययन गरिरहेको बताउँछिन् । उनी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य समेत रहेकी छिन् ।
काफ्ले समानुपातिक सूचिमा रहेका व्यक्तिहरुमा पढेलेखेका, बौद्धिक क्षमता भएको सूचिमा रहेकी छिन् । उनले बाँके जिल्लामा बेबारिसे शबको व्यवस्थापन गर्दै आइरहेकी छिन् ।
