नेपालगन्ज : धार्मिक, वातावरणीय र सांस्कृतिक महत्व बोकेको कल्पवृक्ष हिन्दू धर्मग्रन्थहरूमा वर्णित एक दैवीक वृक्ष हो, जसलाई “इच्छा पूरा गर्ने वृक्ष” (Wish-fulfilling Tree) मानिन्छ। यो वृक्ष स्वर्गमा उत्पत्ति भएको र भगवान विष्णु तथा देवी लक्ष्मीको नजिक हुने विश्वास गरिन्छ। मनुस्मृति, पुराण र महाभारत लगायतका शास्त्रहरूमा यसको महिमा उल्लेख गरिएको छ। यो केवल वृक्ष नभई आस्था, समृद्धि, स्वास्थ्य र शान्तिको प्रतीक हो। यो बिरुवा जर्मनीमा बस्ने साधना अधिकारी रानाले बीउ पठाएर हेमन्तराज काफले ले बाँकेमा उक्त बिरुवा बनाएका थिए ।
यही धार्मिक र वातावरणीय महत्त्वलाई आत्मसात् गर्दै राप्ती सोनारी गाउँपालिकामा अवस्थित भुवर भवानी मन्दिर माताको परिसरमा कल्पवृक्षको बिरुवा शनिबार लगाइएको छ । कल्पवृक्ष मन्दिरका पुजारीले विधिपूर्वक भूमिपूजन गरेर लगाइएको थियो।

कल्पवृक्ष लगाउनु पर्यो भनेर पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष दामोदर भण्डारीको अनुरोधमा बिरुवा लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले, हेमन्तराज काफ्ले , अशोक कुमार श्रेष्ठ, सपना भट्टराई, कमल काफ्ले लगायतले संयुक्त रूपमा कल्पवृक्षको बिरुवा लगाएको काफ्लेले बताउनुभयो ।
उक्त कल्पवृक्ष लगाउनुले केवल वातावरण संरक्षण मात्र नभई धार्मिक चेतना, हरियालीको संवर्द्धन र सामाजिक एकताको सशक्त प्रतीक बनेको छ। भुवर भवानी मन्दिर आफैमा ठूलो महत्त्व बोकेको मन्दिर भएको हुनाले मन्दिर परिसरमा कल्पवृक्षले धार्मिक पर्यटनको प्रवर्द्धन, हरित वातावरण निर्माण, र भावी पुस्ताका लागि प्रेरणादायी सन्देश दिने विश्वास गरिएको छ भनेर हरित अध्यता हेमन्तराज काफलेले जानकारी नागरिक पथलाई जानकारी दिनुभयो ।
