स्लो बाइक प्रतियोगितामा यादव प्रथम

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज – सडक दुर्घटना न्युनिकरण होस् भन्ने अभिप्रायले कानुन समाज सेवा नेपाल बाँकेको आयोजना गरिएको स्लो बाइक प्रतियोगितामा सन्दिप यादवले प्रथम स्थान हासिल गरेका छन ।

शनिबार नेपालगन्जको सुर्खेत रोडमा गरिएको प्रतियोगितामा ५० मिटरको दुरीलाई सन्दिप यादवले ४ मिनेट ४ सेकेन्डमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्न राजु खानले ३ मिनेट ४२ सेकेन्ड लगाएका छन् भने तृतीय स्थान हासिल गर्न अंकित जयसवालले ३ मिनेट ७ सेकेन्ड समय लगाएका छन् । त्यसैगरी महिला सहभागीहरु मध्ये संगम रावत बैरागीले मात्र उक्त दुरी पार गरेको हुनाले समान्न स्वरुप प्रमाणपत्र र नगद प्रदान गरिएको हो ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ८ हजार, ५ हजार र ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । नेपालगन्जको सुर्खेत रोड कुसुम पेट्रोल पम्प नजिकै रहेको लाहुरे होटलको अगाडि गरिएको प्रतियोगिता कार्यक्रममा ४७ जनाले सहभागी लिएको संस्थाका अध्यक्ष छत्र सुनारले बताए ।

उद्घाटन सत्रमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, समाजसेवी सुमन गिरी श्रेष्ठ, विद्यार्थी नेता प्रकाश बि.क., अधिवक्ता जयराज जोशी लगायतको उपस्थितिमा सुरु गरिएको कार्यक्रममा समापनमा समाजसेवी सुमन गिरी, रचना श्रेष्ठ, अधिवक्ता जयराज जोशी, पत्रकारहरु रुपा गहतराज, रुपनी जि.एम., के.पी. घिमिरे , विद्यार्थी नेता प्रकाश बि.क. लगायतको उपस्थिति विजयीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

कानुन समाज सेवा बाँकेका सदस्य विवेक शर्माले सञ्चालन गरेको कार्यक्रममा बोल्ने वक्ताले यस्ता किसिमका कार्यक्रमको आयोजनाले सडक दुर्घटनामा केही हदसम्म भएपनि न्युनिकरण गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *