नेपालगन्ज : सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट बेसहाराको सहारा बनेको छ ।
विभिन्न सामाजिक सेवामा उत्तरदायित्व भूमिका निर्वाह गर्दै आएको लायन्स क्लफ अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा रहेको आमाको छात्रबासमा फ्रिज सहयोग गरेको छ । क्लबले स्वास्थ्य शिविर, स्टेसनरी सामाग्री वितरण, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष वर्ष २०२३/२४ को अध्यक्ष ला. खेमा भण्डारीको नेतृत्वमा क्लवका सदस्यहरुले थोरै थोरै रकम जुटाएर उक्त छात्रबासमा गर्मीमा फ्रिज आवश्यकता परेको हुदा सहयोग गरेको उहाँले बताउनुभयो । उक्त फ्रिज वितरण कार्यक्रममा जोन चेयर पर्सन ला. सुमन गिरी श्रेष्ठ, उक्त क्लवका वर्ष २०२२/२३ का अध्यक्ष ला. जयेश जंग शाह, ला. श्रृष्टि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।