सल्यानमा बास नेपालले खाद्यान्न तथा मास्क वितरण गरेको छ

अर्थ / बाणिज्य

सल्यानको शारदा नगरपालिका वडा नम्वर ३ संगीत टाेल र वडा नम्वर ८ का विपन्न परिवारलाई बासद्वारा  खाद्यान्न र मास्क वितरण गरेको छ ।

मंगलबार सल्यानको शारदा नगरपालिका अन्तर्गतको संगीत टोलका र वडा नम्बर ८ का  अति बिपन्न परिवारलाई स्वास्थ्य सामाग्री सहित प्रती परिवार २५ किलो चामल, ३ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन  केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा उक्त राहत बितरण गरिएको हो ।

राहत बितरण कार्यक्रममा केन्द्रीय सदस्य मेघा रेउले, सल्यान शाखा अध्यक्ष अनिल भण्डारी, लेखा अधिकृत दिपा चौधरी, प्रशासन सहायक श्रुति चौधरी, शारदा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष जुद्द बहादुर बुढाथोकी,  वडा बम्वर ३ का अध्यक्ष टोप बहादुर थापा, शिक्षक इन्द्र वीर अधिकारी, रोशन बुढाथोकी, समाजसेवी  दिप बहादुर बुढाथोकी, सरोकार समाजका प्रतिनिधि पूर्ण गन्धर्व लगायत सहभागी थिए ।

यसैगरी बासले मार्के स्वास्थ्य चौकीलाई एक हजार थान, शारदा नगरपालिका वडा नम्बर ३ को कार्यालय र ८ नम्बर वडा कार्यालयलाई १/१ हजार थान सर्जिकल मास्क सहयोग गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *