मदाने गाउँपालिका गुल्मीका मनकारी अध्यक्ष, आगलागी पिडितको घरमै गएर दिए आर्थिक सहयोग

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

गुल्मी : गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर  कुवर सामाजिक काममा सदैब अगाडि रहेको पाइन्छन् । उनी कोही दु:खी, गरिब, असहायलाई सहयोग गर्न पाउदा अत्यन्तै खुसी हुने गर्दछन् । सोही गाउँपालिका वडा नं ७ मा आगलागी पिडितको घरमै गएर केही आर्थिक सहयोग गरेका छन् ।

गए राति मदाने गाउँपालिका  वाड नं  ७ निबासी फर्स बहादुर के. सी. को हिउँदे गोठमा रातिको  १०:०० बजेको समयमा  भएको आगालागीबाट लैनो भैंसी सहित पाडापाडी र गोठ जलि भएको क्षतीमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुबरले आफ्नो व्यतिगत तर्फबाट राहत स्वरु पिडित परिवारलाई रु १५०००/ आर्थिक सहयोग गरेका छन् ।

उक्त पालिका अध्यक्षले समाजमा सधैंभरि अग्रसर रहेर गरिब दिन दु:खीहरुको घाउमा मल्हम लगाउन अगाडि सर्ने गरेको मदाने ६ का स्थानीय सुनिल थापाले बताए । उहाँ दिनरात नभनी सेवामा जुटेको देख्दा हामी स्थानीय खुसी छौं । उहाँ कहि कतै विवादमा आउनु भएको छैन उहाँले जनताको काममा मात्र ध्यान गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *