अवैध लागूऔषधसहित बाँकेका बेहना पक्राउ

लुम्बिनी प्रदेश बिशेष

बाँके । अवैध लागूऔषधसहित बाँकेका ४६ वर्षीय साबिर अली बेहनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगपरालिका-१९ सुर्जगाउँ बस्ने ४६ वर्षीय साबिर अली बेहनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *