अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिका कमिटीको अध्यक्षमा कनोजिया

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिकाको दोस्रो नगर भेलाबाट नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन गरिएको छ, जसको अध्यक्षमा विष्णु कनोजिया निर्वाचित भएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) नेपालगन्ज उपमहानगर समिति,बाँकेको आयोजनामा तिज विशेष कार्यक्रम तथा दोस्रो नगर भेलामा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश पुर्व मुख्य मन्त्री कुल प्रसाद के.सी (सोनाम)को प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशिष्ट अतिथि संगठनका केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती, संगठनका केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज तुल्सीमणि केसी, लुम्बिनी प्रदेश सह-इन्चार्ज बिनोद बराल, संगठनका केन्द्रिय सचिवालय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुरेन्द्र जङ्ग शाह,नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सदस्य मिना मल्ल, जिल्ला सचिब सुनिल बटाला, जिल्ला सहसचिव मनोज बुढा क्षेत्री , सचिवालय सदस्य उपेन्द्र आचार्य , महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सचिव हरेन्द्र बि.क. दिपेन्द्र केसी लगायतको उपस्थिति रहेको हो ।

आज भएको दोस्रो नगर भेलाबाट २७ सदस्यीय कमिटी गठन गरिएको छ जसको अध्यक्ष पदमा बिष्णु कनोजिया, उपाध्यक्ष पदमा दृष्टि बस्याल, सचिव अभिषेक यादव, सहसचिव सुजा बुढा क्षेत्री, कोषाध्यक्ष पदमा राजकुमार खटिक, सहित अन्य सदस्यहरु निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *