लागु औषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य रुपमा मनाउने निर्णय

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तरार्ष्ट्रिय दिवस बाँकेमा भब्यताका साथ मनाउने निर्णय गरिएको छ ।

मंगलबार नेपालगन्जमा जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा सरोकारवाला निकाय बिच भएको छलफलले बाँकेमा लागू औषध प्रयोग र ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस भब्यताका साथ मनाउने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ टोपेन्द्र बहादुर के.सीको अध्यक्षतामा बसेको सरोकारवाला निकाय बिचको बैठकले बाँकेमा पनि सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

बाँकेमा गरिने सप्ताहब्यापी कार्यक्रम अनुसार ८ र ९ गते बाँकेमा रहेका सबै पुनःस्थापन केन्द्रले पायक पर्ने चोक तथा सार्वजनिक स्थलमा लागू औषधि सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने, १० गते नेपाल-भारत सिमाक्षेत्र जमुनाह नाकामा लागु औषध सम्बन्धी चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, ११ गते भेरी अस्पताल हाताभित्र रहेको रेडक्रस भवनमा रक्तदान कार्यक्रम गर्ने र लागू औषध नियन्त्रण अधिकारीबाट लागू औषध सम्बन्धी गतिविधि तथा सो सम्बन्धी डाटा सार्वजनिक गर्ने, १२ गते लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध प्रभातफेरी कार्यक्रम गर्ने र ८ गते देखी १२ गतेसम्म सचेतनामुलक रेडियो जिङ्गल प्रशारण गरि बाँकेमा लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तरार्ष्ट्रिय दिवास मनाउने निर्णय गरिएको बाँकेका सहायक प्रजिअ टोपेन्द्र बहादुर के.सीले बताउनुभयो ।

लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तरार्ष्ट्रिय दिवास जुन २६ लाई भब्यताका साथ सफल पार्न रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले तीन दिनको कार्यक्रमको  संयोजनको जिम्मा लिएको छ भने रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रवीण बि.सीले जुन २६ लाई सफल बनाउन सम्पुर्णमा अपिल समेत गरेका छन् ।

छलफल कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, लागू औषध दुरुपयोग नियन्त्रण तथा यसै संग सम्बन्धित काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, नर्सिङ कलेजका प्रतिनिधि, अस्पतालका प्रतिनिधि तथा बाँकेमा रहेका पुनःस्थापन केन्द्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *